शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार जनताका सेना हुन् : शर्मा

शनिबार, २२ फागुन २०७७, २१ : ४३
शनिबार, २२ फागुन २०७७

प्रेस संगठन नेपालका सह–इन्चार्ज ओम शर्माले पत्रकार जनताका सेना भएको बताएका छन् । जनताका मुद्दाहरुलाई स्थापित गर्ने काम पत्रकारको भएको बताउँदै उनले जनताका असली सेना पत्रकार भएको बताएका हुन् ।

प्रेस संगठन नेपाल बागलुङको जिल्ला भेलालाई सम्बोधन गर्दै सह–इन्चार्ज शर्माले आवाज विहीन जनताको प्रतिनिधित्व गर्दै जीवन जगतलाई बुझेर समाज परिवर्तन गर्ने खालको पत्रकारिता गर्नुपर्ने बताए ।


पत्रकारिता एउटा विश्व विद्यालय भएकोले नयाँ र नवीनतम खोजी पत्रकार सञ्चार माध्यमले गर्नुपर्ने उनको भनाइ छ । ‘प्रेस संगठन नेपाल जनताको प्रतिनिधित्व गर्ने जागरुक संगठन हो’ शर्माले भने, ‘त्यसका लागि देशभरका पत्रकार संगठित हुनुपर्छ ।’

विचारलाई बुझेर अग्रगमन दिशातर्फ लाग्नु पर्ने आजको आवश्यकता रहेको शर्माको भनाइ छ । यो कुनै व्यक्तिको विषय नभई पात्र र प्रवृतिको विषय भएको भन्दै गलत कार्यको पछि नलाग्न पत्रकारलाई आग्रह गरे । उनले पत्रकार महासंघको आसन्न निर्वाचनमा अग्रगामी शक्ति एकतावद्ध भएर जाने कुरामा दुविधा नभएको प्रष्ट पारे ।

कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटा, प्रदेश सांसद चन्द्र बुढा मगर, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, प्रेस संगठन नेपाल गण्डकी प्रदेश इन्चार्ज हरिनारायण गौतम, प्रेस संगठन नेपाल गण्डकी प्रदेश सहइन्चार्ज श्रीराम सिग्देल, तत्कालीन प्रेस चौतारीका उपाध्यक्ष नवराज सुवेदी, नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राज भण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, प्रेस युनियन बागलुङका अध्यक्ष प्रदीप पन्त, प्रगतिशिल पत्रकार संघका जिल्ला सचिव विजय रानाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रेस संगठन नेपाल बागलुङका सह–इन्चार्ज राम थापाको अध्यक्षता, प्रेस संगठन नेपाल अनुशासन आयोगका कोपिला कँडेलको स्वागत र तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप