शिवारात्रीमा बागमतीमा सफा पानी बगाइनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा मेलम्चीको पानी ल्याउने लामो सपना पूरा भएको बताएका छन् । शनिवार साँझ सुन्दरीजलमा आयोजित मेलम्ची खोलाको पानी सुन्दरीजल झार्ने कार्यक्रममा ओलीले
काठमाडौं बासीका लागि अब काठमाडौंमा पानी आयो भन्ने प्रत्याभूति भएको र केही समयपछि वितरण गरिने बताए ।
२६ गतेसम्म बागमतीमा अलि फोहोर पानी बगे पनि २७ गते शिवारात्रीका दिन सफा पानीले नुहाउन पाइने उनले बताए । पानी थोरै थोरै छोडेर पाइप परिक्षण गर्दै जान पनि उनले आग्रह गरेका छन् ।
उनले प्रचण्ड, माधव नेपाललाई ब्यङ्ग्य गर्दै आजको दिन जस्तोमा पो लड्डु खानुपर्ने बताउँदै घर घरमा गएर दिपावली गर्नु र लड्डु खान आग्रह गरे ।
उनले सरकारले तीब्रताका साथ काम गरेको, शिल्यान्यास गरेको ग¥र्यै गरेको, सुरुङमार्ग धमाधम बनिरहेको उल्लेख गर्दै सरकारको काम मन नपराउनेहरुले अवरोध सिर्जना गरेको बताए ।
उनले भने, ‘एक थरीले त यो सरकारले अचम्मै गर्न लाग्यो, काठमाडौंमा पानी झारेको पनि छ, राजमार्ग चौडा पनि गरेको छ, सुरुङपनि खनेको छ, बाटो सोझोपनि गरेको छ । रेल कुदाउँछु भनेको, रेल किनेर ल्याएको छ अब उधुम गर्न लाग्यो यो सरकारले भनेर खेदो खनेको छ । यो सरकारलाई ढाल्नै प¥यो भनेर हाम्रै पार्टीका हौं भन्ने केही काँग्रेसका दायाँबायाँ औठाछाप लगाएर निवेदन हाल्न गएका छन् । एक हल भएर निवेदन हाल्न गएका छन् । यो केपी ओलीले त उधुमै ग¥यो हटाउँ यसलाई । यसलाई हटाउनका लागि कमसेकम तपाईहरुले नेतृत्व लिइदिनुप-यो । हाम्रो पार्टीले १ सय १६ सिट प्रत्यक्षमा जितेको छ, १ सय १६ सिट जितेको पार्टी भत्काउने, २३ सिट जितेको कांग्रेसलाई लौन प्रभू नेतृत्व गरिदिनुपर्ने भनेका छन् । यो जनताको आदेश हो ?’
उनले विधि पद्धतिका कुरा गर्नेहरुलाई ठेगान लगाइदिने उल्लेख गरे । विकासको काममा आम जनताको सरकारलाई साथ चाहिने भन्दै मदनले मुनालाई भनेजस्तो–तिमीले हाँसे म हाक्न सक्छु इन्द्रको आशन’ भने जस्तै जनताले साथ दिए देशलाई अघि बढाउने उल्लेख गरे ।
उनले भने, 'विकासलाई अगाडि बढाउने कामलाई हामी हाँक्न सक्छौँ, तपाइँहरुको साथ चाहिएको छ ।’ बाँसबारी छाला जुत्ता, भृकुटी कागज कारखाना, हिमाल सिमेन्ट कारखाना सबै खाएर सिद्याएको उल्लेख गर्दै अब कुनै उद्योगलाई बन्द हुन नदिने र नयाँ निर्माणको कामलाई अघि बढाउने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा २५ औं चरणको पहिलो खेलमा सेल्टा भिगो विजयी
-
प्रिमियर लिगमा ब्रेन्टफोर्डले लेस्टरलाई हरायो
-
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
-
हुम्लाका दुर्गम गाउँमा टेलिकमको ‘फोरजी’ सञ्चालनमा
-
१२ बजे, १२ समाचार : पशुपति जलहरी प्रकरणमा अख्तियारद्वारा सर्वोच्च्मा पुनरावलोकन दर्तादेखि सुप्रिम सहकारी ठगीमा रवि र छविको मुद्दा एकसाथ सुनुवाई हुनेसम्म
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन