शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राइनो संरक्षण गोल्डकप प्रतियोगिता

आइतबार, २२ असोज २०७४, १२ : ४४
आइतबार, २२ असोज २०७४

नवलपरासी -मोफसलमा नै सर्वाधिक धनराशीको पुरस्कार भएको राइनो संरक्षण गोल्डकप पुरुष फुटबल प्रतियोगिता आगामी कात्तिक १० गतेबाट नवलपरासीमा शुरु हुने भएको छ । 

प्रतियोगितामा आयोजकसहित देश भरका ‘ए’ डिभिजनका १२ समूहको सहभागिता रहने छ । नवलपरासीको कोल्हुवामा गैँडा संरक्षणका लागि हुने यो प्रतियोगिता कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । 

नन्द भाउजु उपभोक्ता समितिको आयोजनामा हुने उक्त प्रतियोगितामा प्रथम हुनेले रु पाँच लाख २५ हजार ५५५ र द्धितीय हुनेले रु दुई लाख ५० हजार ५५५ नगद पुरस्कार प्राप्त गर्नेछन् । 

खेलकुदको माध्यमबाट स्वदेश तथा विदेशमा जैविक विविधता र गैँडा संरक्षणको सन्देश दिन यो प्रतियोगिताको आयोजना गर्न लागिएको अखिल नेपाल फुटबल संघ – ९एन्फा०का केन्द्रीय सदस्य प्रकाश पंगेनीले जानकारी दिनुभयो । 

नन्दभाउजु उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले खेलकुदको माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्नेलगायतका उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । 

मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा आयोजना उक्त प्रतियोगिताका लागि वन तथा भू—संरक्षण मन्त्रालयबाट रु १० लाख र युवा तथा खेलकुद मन्त्रालयबाट रु १५ लाख उपलब्ध भएको छ । प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न वभिन्न संघ संस्था तथा स्थानीय व्यापारीको सहयोग पनि जारी रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप