शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ का प्रमुख झाले दुर्घटनामा घाइतेलाई गरे उद्धार

शनिबार, २२ फागुन २०७७, १८ : १९
शनिबार, २२ फागुन २०७७

सुर्खेत ।  कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीसँग भेटघाट गर्न आएका प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले दुर्घटनामा घाइतेको उद्धार गरेका छन्  ।

उनले सुर्खेतको भेरिगंगा नगरपालिकाको हर्रेमा सवारी दुर्घटनामा घाइते भएका जाजरकोटका ४६ वर्षीय  शेरबहादुर सिंहको उद्धार गरेका हुन्  ।

 शनिबार दिउँसो साढे २ बजेतिर नेपालगञ्जबाट फलफुल बोकेर आउँदै गरेको कर्णाली प्रदेशको ०२५६ नम्बरको मिनीट्रक र बा ५ ख ४२०७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा मिनीट्रक पल्टिएको थियो । 
घाइते उनलाई प्रदेश प्रमुख झाले आफ्नै गाडीमा राखेर बाँके कोहलपुर मेडिक कलेज  पु¥याएका हुन्  । 
 घाइतेको अवस्था हेर्दा अर्को गाडी आउने बेला सम्म ढिला हुने भएकाले आफ्नै गाडीमा राखेर उनले कोहलपुर मेडिकल कलेजमा पु-याईएको प्रहरीले जनाएको छ।  
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, घाइते सिंहको टाउको, दाहिने पाखुरा र शरीरको अन्य भागमा समेत चोटपटक लागेको छ । अहिले उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रदेश प्रमुख डा.अहिराजले सबै प्रदेशका प्रमुखहरुसँग भेटघाट र अनुभव आदानप्रदान कार्यक्रम सुरु गरेका छन् । सोहीअनुसार उनी कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कनौलीसँग भेटघाट तथा अनुभव आदानप्रदान पश्चात फर्किएका हुन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप