इंङल्यान्डविरुद्धको टेस्ट शृंखला भारतको पोल्टामा
भारतले घरेलु भूमिमा भएको टेस्ट शृंखला आफ्नो पोल्टामा पारेको छ । चार टेस्टको शृंखला भारतले ३–१ ले जितेको हो । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा चौथो टेस्टमा भारतले तेस्रो दिन इङल्यान्डमाथि इनिङ्ग्स र २५ रनको जित हासिल ग¥यो । तीन दिनसम्म चलेको यस टेस्ट जितेसँगै भारतले आईसिसी वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ, जहाँ १८ जुनमा उसले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
चौथो टेस्टमा इङल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै २ सय ५ रन बनाएको थियो । जवाफमा भारतले ३ सय ६५ रन बनायो । भारतबाट ऋषभ पन्तले १ सय १ र वासिङटन सुन्दरले ९६ रन बनाए । पहिलो इनिङग्स्मै १ सय ६० रनले पछि परेको इङल्यान्डले कमब्याक गर्न सकेन र तेस्रो दिन १ सय ३५ रनमै समेटियो । चौथो टेस्टमा भारतबाट अक्षर पटेलले ९ विकेट (पहिलो इनिंग्समा ४ र दोस्रोमा ५) तथा रविन्द्रन आश्विनले ८ (पहिलोमा ३ र दोस्रोमा ५) विकेट लिए ।
शतक प्रहार गरेका पन्त म्यान अफ दि म्याच घोषित भए । भारतलाई शृंखला जिताउन रोहित शर्मा र ऋषभ पन्त तथा स्पिनर रविचन्द्र आश्विन र अक्षर पटेलको भूमिका महत्वपूर्ण थियो । आश्विन र अक्षरले मिलेर शृंखलामा कुल ५९ विकेट लिए । त्यस्तै, शृंखलाभर रोहितले कुल ३ सय ४५ र पन्तले २ सय ७० रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद