शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा मेरो कुनै हस्तक्षेप छैनः उद्योगमन्त्री

शनिबार, २२ फागुन २०७७, १६ : १५
शनिबार, २२ फागुन २०७७

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको सम्बन्धमा आफुले हस्तक्षेप नगरेको बताएका छन् । शनिवार नेपाल आयल निगमको पेट्रोलियम पदार्थ भण्डारणको नयाँ डिपो उद्घाटन गर्दै उद्योगमन्त्री भट्टले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गर्न तथा घटाउन आफुले कहि पनि हस्तक्षेप नगरेको बताएका हुन् । 
 अन्य मुलुकको मुल्य कस्तो रहेको छ भन्ने अध्ययनको जरुरी रहेको पनि उनको भनाइ छ । भारतमा मुल्यवृद्धि हुने र नेपालमा कम हुने भयो भने यताको पेट्रोलियम पदार्थ भारत जाने भन्दै त्यसमा भने ध्यान दिनुपर्ने उनले बताए । 
मन्त्री भट्टले निर्माण नचाहाने र ध्वंस चाहाने, विनाश चाहाने प्रवृति आफुहरु भित्रै रहेको भन्दै त्यस्तो प्रवृतिको विरुद्ध संघर्ष गर्नुपर्ने बताए । उनले भने, ‘अहिले सरकारले गरेका कामहरु त देखिइराछन् । हामिले देखेका छौँ, सरकारले गरेको काममा अवरोध गर्नेहरु पनि छन् । विकास नचाहाने, विनाश चाहाने प्रवृत्ति पनि छ । म हिजो मात्रै रुपन्देहीमा गएको थिएँ । हामीले मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कामलाई अगाडी बढाउन । हामी भित्रै प्रवृत्तिले ढुंगामुढा गर्न लगायो । ध्वंस चाहाने र निर्माण नचाहाने, विनाश चाहाने, विकास नचाहाने प्रवृत्ति पनि हामी भित्रै छ । त्यसलाई ठिक ढंगले पहिचान गर्ने र त्यो प्रवृत्तिका विरुद्ध हामी संघर्ष गर्ने कुरो नै हुन्छ ।’
मन्त्री भट्टले आयल निगम लगायतका सरकारी कर्मचारीहरुले सरकार विरुद्ध सडकमा जाने गरेको उल्लेख गर्दै कति ठिक र कति बेठीक हो आत्मानुशासन होकि होइन समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप