शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले भोलि कोरोनाविरुद्धको खोप लगाउने

शनिबार, २२ फागुन २०७७, १५ : ४९
शनिबार, २२ फागुन २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान शिक्षण अस्पतालमा पुगेर कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका हुन् । 
 शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरमा आयोजना गरेको कोभिड १९ खोप अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री ओलीले कोभिड १९ विरुद्धको खोप लगाउनेबारे जानकारी दिएका हुन् । 

 त्यसैगरी आइतबार बिहान नै संवैधानिक निकायका प्रमुखहरुले पनि खोप लगाउने उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले खोप लगाए सँगै कोरोना विरुद्धको खोप लगाउने अभियानको दोस्रो चरण सुरु हुनेछ ।
कार्यक्रममा मन्त्री त्रिपाठीले कोभ्याक्स लगायत दातृ निकायबाट उपलब्ध खोपलाई व्यवस्थित तरिकाले जनतासम्म लैजाने गरी सरकारले तयारी गरिरहेको बताए । कोभिड १९ विरुद्धको खोप अहिले सम्म उपलब्ध अन्तिम र महत्वपूर्ण औजारको रुपमा भएकाले खोप लगाउनुको विकल्प नभएको बताए । 

आइतबार कोभिड १९ विरुद्धको कोभ्याक्स खोपका पहिलो खेप नेपाल आउने भएको छ । सरकारले भारत सरकारले उपलब्ध गराएको खोप र कोभ्याक्स सहायता प्राप्त खोप ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, सरकारी र निजी विद्यालयका शिक्षक तथा कर्मचारी, महाविद्यालय, विश्वविद्यालयका प्राध्यापक र सार्वजनिक यातायातका चालक र सहचालकलाई प्राथमिकतामा राखेर दोस्रो चरणमा खोप लगाउने भएको छ । सरकारले भोलिबाट ६५ वर्ष माथिका १६ लाख बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गर्दै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप