शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरलाई सुन्दर शहर बनाउन साझा अभियान

शनिबार, २२ फागुन २०७७, १३ : ४२
शनिबार, २२ फागुन २०७७

  सुर्खेत । करिब २ लाख जनसंख्या रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई स्वच्छ, सफा, सुन्दर र हरियाली शहर निर्माणमा ‘साझा अभियान’ थालिएको छ । बढ्दो शहरीकरण र बढ्दो जनसंख्याले गर्दा फोहोरमय बन्दै गएका बेला उपत्यकामा  सरसफाई अभियान थालिएको हो ।

राजधानीका सार्वजनिक स्थलमा जताततै फोहोरले शहर दुर्गन्धित बन्दै गएको बेला  ‘‘मेरो फोहोर मेरो जिम्मेवार, क्लिन कर्णाली एण्ड ग्रिन कर्णाली’’ नारा सहित सरसफाई अभियानमा सबैले प्रतिवद्धता जनाएका छन्। 
वीरेन्द्रनगरपालिकाको समन्वयमा विभिन्न संघ–संस्था, राजनीतिक दलका भ्रातृ संगठन, विश्वविद्यालयका विद्यार्थी र अभियन्ताहरुले यसका साथ दिएका छन् । जस अनुसार शनिबार (आज) विहान मात्र प्रमुख पर्यटकीय स्थल बुलबुले ताल र वरपरको क्षेत्रमा सरसफाई गरिएको छ ।

 अभियानलाई सार्थक तुल्याउनका लागि वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, प्रहरी, आर्मी लगायतको पनि सहभागिता थियो । साझा अभियानका एकजना अभियान्ता जगत खत्रीले रातोपाटीलाई भने ,‘वीरेन्द्रनगरमा बढ्दो जनसंख्या सँगै फोहोरमैला बढ्दै पनि उस्तै छ । यसलाई न्यूनीकरण गर्ने उद्देश्यले अभियान थालिएको हो ।’ उसो त स्थानीय सरकार र प्रदेश सरकार पनि छन् । यद्यपी, फोहोरमैला व्यवस्थापनमा दुबै तहका सरकारले खासै ध्यान दिन सकिरहेका छैनन्,’ खत्रीले भने । सरसफाई मानिसको प्रत्यक्ष जीवनसँग गाँसिएको विषय हो । 

विभिन्न स्थानबाट उठाएको फोहोर नगरपालिकाले व्यवस्थापन गरिरहेको छ ।  जस अनुसार नगरपालिकाले एउटा गाडीको व्यवस्थापन समेत गरेको नगरपालिकाले जनाएको छ । 
‘हामीले देख्दा देख्दै शहरीकरणको दर र वातावरणीय समस्या तिव्र रुपले बढेको छ,’ अभियानका संयोजक अनिल ढकालले भने, ‘हामीले त्यसको असर भोगिरहेका छौँ साथै बिग्रँदो वातावरणको अवस्था र भावी पुस्ताको अधिकार खोस्ने कामको साक्षी बनिरहेका छौं ।’ 

त्यसैले पनि सरसफाई अभियान अहिलेका लागि निकै अपरिहार्य छ ।  मुख्य उद्देश्य भनेको उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हरियाली बनाउने हो,’उनले भने । 
उसो त दुई तहका सरकार भएपनि वीरेन्द्रनगरमा नत सार्वजनिक शौचालयहरूको व्यवस्था छ नत फोहोर फाल्ने डस्टविनहरुको व्यवस्थापनकै । यसतर्फ नगरपालिकाले खासै ध्यान दिन सकिरहेको अबस्था छैन्। नगरपालिकाका मेयर देवकुमार सुवेदीले भने, ‘यो विषयमा हामी दृढ छौँ । अबको केही समयमा नै सबै स्थानहरुमा डस्टविन राख्नुका साथै सरसफाई अभियानलाई निरन्तरता दिन्छौँ ।’ 

वातावरणीय समस्या समाधान गर्नका लागि समय सापेक्ष तरिकाले अगाडि बढ्नको लागि नीतिगत प्रस्थान विन्दुको लागि अपरिहार्य भएको सरसफाईमा होमिएका युवाहरुले प्रश्न गरेका थिए । विकासका कामलाई दीगोपना दिनका लागि वातावरणीय सन्तुलन कायम गरी अगाडी बढ्नुपर्ने आजको प्रमुख आवश्यकता भएको  मेयर सुवेदीले बताए । 

गएको शनिबार वीरेन्द्रनगरकै खुल्लामञ्च, वीरेन्द्रनगरका विभिन्न स्थानहरुमा पनि  सफाई गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप