
कर्णालीका र प्रदेश २ का प्रमुखबीच भेटवार्ता
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा बीच भेटवार्ता भएको छ ।
शनिबार दुई प्रदेश प्रमुखबीच प्रदेश प्रमुखको कार्यालय वीरेन्द्रनगरमा भेटवार्ता भएको हो ।
नियुक्ति पश्चात् सबै प्रदेशका प्रदेश प्रमुखहरुसँग भेटघाटमा निस्किएका झाले सो क्रममा कर्णालीका प्रदेश प्रमुखसँग भेटघाट गरेका हुन् ।
झाले सो भेटघाट पश्चात कर्णालीका प्रदेश प्रमुख कलौनीलाई आफ्नो प्रदेशमा भ्रमणका लागि निम्तो गरेका छन् । निम्तो पश्चात प्रदेश प्रमुख कलौनीले उपयुक्त समयमा २ नम्बर प्रदेशको भ्रमण गरिने बताए ।
उक्त, भेटघाटमा दुबै प्रदेश प्रमुखहरु बीच अनुभव आदान–प्रदान र प्रदेश प्रमुखको कार्यालयका गतिविधिको बारेमा कुराकानी भएको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ