ad
केन्द्रीय संस्करण

उपेन्द्र यादवले भने, ‘निर्वाचन आयोग निष्पक्ष भएन भने लोकतन्त्र टिक्दैन’

person explore access_timeफागुन २२, २०७७ chat_bubble_outline0

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा विवाद समाधान गर्न सक्रियता देखाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । 
पार्टी निकट प्राध्यापक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेकपाको विवादलाई निर्वाचन आयोगले धेरै दिन अल्झाएर राख्न नहुने धारणा राखे । दुई पक्षका लागि दुईटा टेबल राखेर कसको पक्षमा कति जना छन् भनि ‘परेड’ गराएर विवाद समाधान गरि दिनुपर्ने उनले सुझाव दिए । 

उनले निर्वाचन आयोगलाई पनि निष्पक्ष भएर काम गर्न सुझाव दिए । उनले भने, निर्वाचन आयोग पनि निष्पक्ष हुनुपर्छ, निष्पक्ष भएन भने लोकतन्त्र टिक्दैन ।’ उनले आयोगले देशलाई अनिर्णयको बन्दी बनाउन नहुने कुरामा जोड दिए । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीको प्रतिगमन विरुद्ध आन्दोलन गरेका शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । 

अहिलेको जटिलताबाट मुलुकलाई निकाल्न आवश्यक रहेको बताउँदै उनले आन्दोलनकारी शक्तिको बीचमा दुई वर्षको लागि भएपनि समझदारी बनाएर अगाडि बढ्नुपर्ने बताए । उनले भने,‘तर केपी ओलीकै नेतृत्वमा सरकार बनाएर अगाडि बढ्नु उचित हुँदैन ।’ यसको अगुवाई काँग्रेसले गर्नुपर्ने बताउँदै उनले सबैका ध्यान काँग्रेसतिर रहेको बताए । 

उनले भने, ‘ओलीको बहिर्गमन भएन भने यो देशमा यस्ता काण्ड कति हुन्छ कति, त्यसैले सिस्टमलाई अगाडि बढाउन सकिँदैन ।’ देशको निकासको लागि आफूहरुको सकारात्मक भूमिका रहने उनले बताए ।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.