शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाकिस्तानमा विस्फोटमा परी पाँचको मृत्यु

शनिबार, २२ फागुन २०७७, १२ : ५७
शनिबार, २२ फागुन २०७७

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार राति भएको विस्फोटमा परी पाँच जनाको ज्यान गएको छ भने अरु पाँच जना घाइते भएका छन् ।

 सो स्थानको बाटोमा थापिएको धरापमा परी ती व्यक्ति मारिएका हुन् । त्यस विस्फोटमा परी एक सवारी साधनमा यात्रा गरिरहेका यात्रु मारिएका हुन् । 

उनीहरु यात्रा गरिरहेको सवारी साधन नै धरापमा परेको थियो । सो सवारी साधन उक्त सडकमा राखिएको धरापमा परेपछि विस्फोट भएको थियो । उक्त प्रान्तको बाबर काँच जिल्लामा सो विस्फोट भएको उक्त जिल्लाका डेपुटी कमिशनर यासिर खानले जानकारी दिएका छन् । रासस/सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप