शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन एकसाथ काम गर्दैनन् शाहरुख र अक्षय ?

शनिबार, २२ फागुन २०७७, ०८ : ४०
शनिबार, २२ फागुन २०७७

एजेन्सी – बलिउडमा सुपरस्टार हुन्, शाहरुख खान र अक्षय कुमार । यी दुवैले अहिलेसम्म कुनै प्रोजेक्टमा एकसाथ काम गरेका छैनन् । यसको एउटा कारण शाहरुख खान आफैले खुलाएका छन् । 

एक अन्तरवार्तामा शाहरुख खानले अक्षयसँग काम नगर्नुको कारण एक अर्काको जीवनशैली भएको बताएका थिए । उनले अक्षय र आफ्नो जीवनशैली बिलकुलै फरक भएको समेत बताएका थिए । 

शाहरुख खानका अनुसार अक्षय बिहान एकदमै छिट्टो उठ्ने र उनलाई राति अबेरसम्म शुटिङ गर्न मन नपर्ने र शाहरुख खानको सुत्ने समयमा अक्षयको उठ्ने समय हुने पनि उल्लेख गरे । 

यद्यपि, शाहरुख खान अक्षय कुमारसँग काम गर्न चाहान्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप