शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुरानो पाइप लाइनबाट पनि मेलम्चीको पानी

शनिबार, २२ फागुन २०७७, ०७ : ३७
शनिबार, २२ फागुन २०७७

मेलम्चीको पानी काठमाडौँ आएपछि नयाँ र पुरानै  वितरण  प्रणालीबाट वितरण गरिनेछध्र तत्काल नयाँ पाइप लाइनबाट मात्रै सम्भव नहुने भएपछि आयोजना निर्देशनालय पुरानो वितरण प्रणालीबाट पनि वितरण गर्ने तयारीमा छ ।

मेलम्चीको सुरुङ परीक्षणका लागि पानी पथान्तरण भइरहेको छध्र परीक्षण  सफल  भए  दुुई  महिनापछि काठमाडौँ उपत्यकामा पानी आउनेछ ।

सुन्दरीजलमा   आएको पानी  प्रशोधन  केन्द्रबाट  चक्रपथका विभिन्न पानी ट्याङ्कीहरूमा पु¥याए् वित्ण प्रणालीबाट ग्राहकका धामा पठाइनेछ ।

मेलम्चीको पानी आएपछि पहिलो  चरणमा  प्रसारण  लाइन  र पाइप  लाइन  परीक्षण  गरिने  मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले जनाएको छ । करिब एक हप्ताको परीक्षणपछि    नियमित    रूपमा पानी  वितरण  हुनेछ ।  

मेलम्चीको पानी  घरघरमा  वितरण  गर्ने  पाइप लाइन  विस्तार  तथा  मर्मत  गरी तयारी अवस्थामा राखिएको निर्देशनालयका उपनिर्देशक उज्ज्वल   प्रजापतिले   जानकारी दिउ । 

उन्का अनुसार नयाँ पाइप लाइन र पुरानै  वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । मेलम्ची खानेपानी उपआयोजना–२ आयोजना निर्देशनालयले एक हजार १० किलोमिटर पाइप लाइन निर्माण गर्नुपर्नेमा  ९८०  किलोमिटर  सम्पन्न गरेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप