महाकालीमा भारततर्फ नदीजन्य पदार्थ दोहन तीव्र
बैतडी । महाकाली नदीमा ठूला एस्काभेटर चलाएर भारततर्फ बालुवा उत्खनन भइरहेको छ । बालुवा उत्खननका लागि भारतीय जिल्ला प्रशासनले अनुमति दिएको छ ।
नेपाल–भारतको सिमानामा बग्ने महाकाली नदीको भारततर्फको झुलाघाट, कानडी र गिठीगडा क्षेत्रमा डोजर र एस्काभेटरको प्रयोग गरेर क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको हो ।
सडक निर्माणलगायतको कामका लागि भारतीय जिल्ला प्रशासनलेअनुमति दिए पनि क्षमताभन्दा बढी बालुवा उत्खनन भइरहेको भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले बताए ।
ठेकेदारले दैनिक सयौँ ट्रक बालुवा निकालेर लैजाँदा भारततर्फका नदीतटीय क्षेत्रका बासिन्दासमेत दुर्घटनाको जोखिममा परेको आर्यले बताए ।
नेपालतर्फ महाकाली नदीबाट बालुवा उत्खननको मापदण्ड बनाएर मेसिन लगाउन नपाउने प्रावधान भएपनि भारततर्फ एस्काभेटर प्रयोग गर्दा नदी तटीय क्षेत्रका बासिन्दा बाढीको उच्च जोखिममा पर्ने खतरा रहेको छ ।
नेपालतर्फ मेसिनको प्रयोग नगरी मानवीय श्रमको प्रयोग गरेर बालुवा उत्खनन गर्दा पनि प्रशासनले कडाइ गरेको छ तर भारततर्फ ठूलाठूला मेसिनले बालुवा उत्खनन भइरहेको स्थानीय जयसिंह भाटले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा