बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पोप फ्रान्सिस इराक प्रस्थान

शुक्रबार, २१ फागुन २०७७, १७ : ०४
शुक्रबार, २१ फागुन २०७७

रोम । इसाई धर्म गुरु पोप फ्रान्सिस इराकका लागि रोमबाट शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो उनको पहिलो विदेश भ्रमण हो ।  पोप फ्रान्सिसले इराकमा तीन दिन विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै इराकी अधिकारीहरु र इस्लाम धर्म गुरुसँग भेटघाट गर्नेछन् ।

उनले खासगरी इराकमा सदियौंदेखि रहे बसेका इराकी इसाई धर्मावलम्बीहरुका दुःख पीडाका बारेमा छलफल गर्नुहुने भ्याटिकनले जनाएको छ । पोप फ्रान्सिसले इराकका शिते धर्म गुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँग भेटवार्ता गर्नु हुने इराकी अधिकारीहरुले बताएका छन् । इराक भ्रमणका क्रममा पोप फ्रान्सिसलाई कडा सुरक्षा प्रबन्ध गरिएको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप