नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्यो, प्रधानमन्त्रीले दिए विप्लवलाई बधाई
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियामा आएर नेकपाका महासचिव विप्लवले साहसिक कदम चालेको भन्दै प्रशंसा गरेका छन् । शुक्रबार नेपाल सरकार र विप्लव समूहबीच भएको सहमतिको हस्ताक्षर समारोहलाई सम्बोधन ओलीले जनताले शान्ति खोजेको भन्दै जनताको सो आकाँक्षा पुरा भएको पनि बताए ।
‘नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवजी, म उहाँलाई बधाई भन्न चाहन्छु, स्वागत भन्न चाहन्छु र शुभकामना भन्न चाहन्छु । उहाँले जुन साहसिक कदम चाल्नु भएको छ, राज्यको तर्फबाट र पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु ।’
नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको भन्दै विप्लवले चालेको शान्तिपूर्ण राजनीतिको यो कदम साहसिक भएको ओलीले बताए । उनले यो विप्लवको आन्दोलन फोर्स ल्यान्डिङ नभएर सेफ ल्याण्डिङ भएको पनि बताए । ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ। हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अबलम्बन गरेको छैन । नेपालमा शान्ति छ ।’ उनले आफूहरुले विप्लव समूहसँग नगरा बजाएर वार्ता नगरेको भन्दै निकै लामो छलफलपछि यो अवस्थामा आइपुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिजिट भिसा : राज्यमाथिको विश्वास टुट्दै जानु खतरनाक संकेत हो
-
फाइनलमा पुग्ने लक्ष्यसहित पहिलो पटक प्ले–अफ चरणमा भिड्दै पञ्जाब र मुम्बई
-
भिजिट भिसालाई सूक्ष्म अनुसन्धान गर्ने हो भने ठुलो उथलपुथल हुन्छ
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
मन
-
८ वर्षमा फास्ट ट्रयाकको ४० प्रतिशत काम, २ वर्षमा सक्ने योजना