धर्मेन्द्रतिर हेर्दै ओलीले भने– यति थोरै जेलमा बस्न पाए पो, आफू त १४ वर्ष बसियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वका नेता धर्मेन्द्र बास्तोलालाई भर्खरै जेलबाट छुटेर आएकोमा बधाई दिएका छन् । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधनको सुरुमै धर्मेन्द्र बास्तोलालाई बधाइ दिएका छन् ।
समारोहको मञ्चमा आसिन व्यक्तिहरुलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले धर्मेन्द्र बास्तोलाको नाम लिनासाथ ‘बधाई छ भर्खरै छुटेर आउनु भयो’ भनेका थिए । उनले अगाडि भने, ‘यति थोरै जेल बसेर छुट्न पाए पो हुन्थ्यो, आफू त १४ वर्ष...।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका अर्का नेता तथा सो पार्टीका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माको नाम लिएर पनि हँसाएका थिए । उनले सम्बोधनका क्रममा भनेका थिए, ‘... खड्गबहादुर विश्वकर्मा, प्रकाण्ड हो क्यार नाम ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा