शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बामगठबन्धनपछि वैद्य र विप्लव किन गए पोखरा ?

आइतबार, २२ असोज २०७४, १० : १३
आइतबार, २२ असोज २०७४

काठमाडौँ– बाम र लोकतान्त्रिक गठबन्धनबीचको राजनीतिक धुव्रीकरणले तरङ्ग पैदा गरिरहेका बेला मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव भने पोखरामा व्यस्त छन् । दुवै नेता आ–आफ्नो पार्टीको कार्यक्रममा खटेका छन् । बेला–बेला उनीहरुबीच एकताको चर्चा हुने भएकाले दुवैको पोखरामा कार्यक्रम हुनुलाई चासोका साथ हेरिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) आजबाट पोखरामा राष्ट्रिय सम्मेलनमा शुरु भएको छ । केन्द्र र प्रदेशको चुनावको मिति घोषणा भएको अबस्थामा नयाँ रणनीति बनाउन वैद्य माओवादी सम्मेलनमा जुटेको हो । वैद्य माओवादीले मोर्चा बनाएर चुनावको उपयोग गर्ने नीति लिएको छ । पछिल्लो पटक परी थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकीकरणपछि बनेको नेकपा क्रान्तिकारी माओवादीको राष्ट्रिय सम्मेलन पहिलो पटक हुन लागेको हो ।

उता, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पनि पोखरामा केन्द्रीय समितिको वैठक शुरु भएको छ । हिजोबाट पोखरामा वैठक शुरु भएको र चुनाव मुख्य एजेन्डा रहेको सो पार्टीका एक केन्द्रीय नेताले बताए । विप्लवको पार्टीले चुनाव बहिस्कारको नीति लिएको छ । यस अघिको स्थानीय तहको चुनावलाई उसले ‘खारेज’ गर्ने बताएको थियो । तर, सो पार्टीले चुनाव भाँड्न भने कहीँ पनि सकेको थिएन ।

अब प्रदेश र केन्द्रको चुनावमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा छलफल गर्न विप्लवले केन्द्रीय समितिको वैठक बोलाएका हुन् । पोखरा वैठकभन्दा अगाडि सो पार्टीको साउनमा बनेपामा वैठक बसेको थियो । त्यसलगतै चितवनमा उपलब्ध केन्द्रीय सदस्यहरुको पनि वैठक बसेको थियो ।

०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बन्यो, नकेपा–माओवादी । प्रचण्ड र बाबुरामसहितका नेतासँग वैद्यसँगै सम्बन्ध विच्छेद गर्नेमा विप्लव पनि थिए । विप्लवलाई त्यसबेला पार्टी विभाजन गराउने एक सूत्रधारका रुपमा प्रस्तुत गरियो ।

प्रचण्ड नेतृत्वको माओवादीसँग वैद्य र विप्लवसँगै अलग भएका थिए । तर, पछि वैद्यसँग विप्लव अलग भएर आफ्नो नेतृत्वमा पार्टी चलाएका छन् । बुढाहरुबाट क्रान्ति हुन नसक्ने अवस्था आएको भन्दै विप्लवले ०७१ मङ्सिर ८ मा पार्टी मुख्यालय बुद्धनगरमा पुगेर मोहन वैद्यलाई सम्बन्ध विच्छेदको पत्र बुझाएलगतै आफ्नो नेतृत्वमा नेकपा माओवादी गठन गरेका थिए ।

०६९ असार २ देखि ५ सम्म चलेको बौद्ध भेलापछि मोहन वैद्यको नेतृत्वमा नयाँ पार्टी बन्यो, नेकपा–माओवादी । प्रचण्ड र बाबुरामसहितका नेतासँग वैद्यसँगै सम्बन्ध विच्छेद गर्नेमा विप्लव पनि थिए । विप्लवलाई त्यसबेला पार्टी विभाजन गराउने एक सूत्रधारका रुपमा प्रस्तुत गरिएको थियो ।

वैद्यले जनवादी क्रान्तिको कार्यदिशा नै अगाडि सारेका छन् भने विप्लवले एकीकृत क्रान्तिको नारा तय गरेका छन् । यस्तो अबस्थामा यी दुइ पार्टीबीच एकीकरणका लागि बेला–बेला संवाद हुने गरेको छ ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने बेला–बेलामा वैद्य र विप्लव पनि पुरानै घर फर्कने दावी गर्दै आएका छन् ।
काठमाडौँमा उद्घाटन गरिएको विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र गत फागुन पहिलो साता रोल्पाको थवाङमा भएको थियो । आठौँ महाधिवेशनको

बन्दसत्रमा विप्लव राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । यही प्रतिवेदनमा उनले पार्टीमा झुन्डिएको ‘माओवादी’ शब्द छाडेर नेकपा मात्र राखेका थिए । पछि यसलाई अनुमोदन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप