शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाल प्याकेजिङमा त्रुटिः ४० टन दाल नष्ट गर्ने कि परीक्षण गर्ने अन्योल

शुक्रबार, २१ फागुन २०७७, ०७ : १४
शुक्रबार, २१ फागुन २०७७

तीन महिनाअघि मोजाम्बिकबाट आयात गरिएको  ४०  हजार  किलो  रहर  दालको प्याकेजिङमा  त्रुटि  भेटिए  पनि  कारबाही गर्ने  विषयमा  अन्योल  बढेको  छ ।

दाल प्याक गरिएको बोरामा  उत्पादन मिति र उपभोग अवधि परिवर्तन  गरिएको  लेबल टाँसेको पाइएपछि  कारबाहीको  आधारका विषयमा अन्योल देखिएको हो ।

संयुक्त  बजार  अनुगमन  समितिले विराटनगर–७ स्थित जैसानी ट्रेड कन्सर्नको  दाल  गोदाममा  गत  फागुन १२  गते  नै  सिलबन्दी  गरेको  थियो । 

शिलबन्दीसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता  संरक्षण  कार्यालयले  तीन  लाख रुपियाँ जरिवानासमेत भराएको थियो । विदेशी   निर्यातकर्ता   ईटीजीमार्फत ५० लाख रुपियाँको ४८ टन दाल आयात  गरेको  जैसानीले  गत  मङ्सिर १७ गते भन्सार जाँचपासपछि दाल नेपाल भित्रिएको हो । ईटीजीले दाल निर्यात गर्दा गाफ्ता (टे«ड फिड बीमा प्रमाणपत्र, अनाज र  फिड  ट्रेड)  प्रमाणपत्रसहित  जैसानीलाई पठाएको  थिया ।  आयातकर्ता  जैसानीलाई समेत   खाद्य   प्रयोगशाला, क्वारेन्टाइन र खाद्य आयात–निर्यात प्रमाणीकरण कार्यालयले  ।।।चारित्रिक  गुणस्तर अनुरूप अनुकूल  पाइएको’  भनेर  स्वीकृति  प्रदान गरिदिएको छ ।

तर  जैसानीले  आयात  गरेको  ४८ टनमध्ये  गोदाममा  फेला  परेको  ४०  टन दाल प्याकेजिङ  गरिएको  दुई  हजार  सात सय   बोराको   बाहिरी   भागमा दुईवटा लेबल  भेटिएको  छ ।  उत्पादक  कम्पनीले बोरामै  प्रिन्ट  गरेको  लेबलमा  सन्  २०१३ मा  उत्पादन  भई  २०१५  सम्ममा  दाल उपभोग गर्ने अवधि लेखिएको छ । बोरामा भएको त्यो प्रिन्टलाई छोप्ने अर्को लेबलमा  भने  सन्  २०२० मा उत्पादन भई  २०२२  मा  उपभोग्य  मिति  उल्लेख गरिएको  फेला  परेको  छ । खुद्रा बिक्रेता हुँदै आयातकर्तासम्म पुगेर गोदाम सिलबन्दी गरिएपछि दुई निकायबीच कारबाही  बढाउने  विषयमा  भने  अन्योल देखा परेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप