मिर्गौला प्रत्यारोपणको १ वर्षः प्रमको सक्रियता र आत्मविश्वास देखेर डाक्टर नै दङ्ग
‘म आग्रह गर्छु – मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क हुनुहोस्,’ मिर्गौला प्रत्यारोपण गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश जारी गर्दै यिनै अभिव्यक्ति दिएका थिए । दोस्रो पटक मिर्गौला प्रत्यारोपणपछि ६९ वर्षीय खोली झनै सक्रिय देखिएका छन् ।
स्वदेशमै मिर्गौला प्रत्यारोपण गराएका मुलुकका कार्यकारी प्रमुखको सक्रियता र आत्मविश्वास देखेर उपचारमा संलग्न चिकित्सक पनि चकित छन् । सामान्यतयाः मानिसको शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । तर, प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला छन् । ती मिर्गौला मध्ये एउटा मिर्गौलाले मज्जाले काम गरिरहेको छ । त्यही प्रत्यारोपित मिर्गौलाको भरमा उनी सक्रिय छन् ।
मुलुककै सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली पहिलो अतिविशिष्ट व्यक्ति थिए । ‘उहाँको मनोबल उच्च देखिन्छ । उर्जा झन् बढेको छ,’ मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिभुवन विश्वविद्यालय युरोलोजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्रमुख प्राडा उत्तमकुमार शर्मा भन्छन्, ‘उहाँको स्वास्थ्य देखेर सन्तुष्ट छु । उहाँको दिनचर्या हेर्दा अचम्म लाग्छ ।’
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा