शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्युजिल्यान्डमा शक्तिशाली भूकम्प

बिहीबार, २० फागुन २०७७, २३ : ३७
बिहीबार, २० फागुन २०७७

एजेन्सी । न्युजिल्यान्डमा बिहीबार शक्तिशाली भूकम्प गएको छ । समाचार एजेन्सी रोयटर्स र एपीका अनुसार ७.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पलगत्तै सुनामीको चेतावनी दिइएको छ । न्युजिल्याण्डको राष्ट्रिय आपतकालीन प्रबन्धन एजेन्सीले शक्तिशाली भूकम्प गएको भन्दै सुनामी आउन सक्ने चेतावनी दिएको छ । एजेन्सीले समुद्री तटमा रहेका व्यक्तिहरुलाई ठाउँ छाड्न आह्वान गरेको छ ।

अमेरिकी भूगर्भ विभागले भने सो भूकम्पको तिव्रता ६.९ म्याग्निच्युड माप गरेको छ । विभागले भूकम्पको केन्द्रविन्दु जिस्बन शहरबाट करिब १७८ किलोमिटर टाढाको जमिनको गहिराइमा परेको जनाएको छ । भूकम्पपछिको क्षति विवरण भने आइसकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप