बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बहराइनको राजपरिवारसहितको टोलीले सगरमाथा आरोहण गर्दै

बिहीबार, २० फागुन २०७७, २३ : १४
बिहीबार, २० फागुन २०७७

काठमाडौं । बहराइनको राजपरिवारसहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएको छ । सगरमाथा आरोहणका लागि सो टोली चैत २ गते नेपाल आउने भएको हो । सो टोलीका केही सदस्यहरुले बहराइनस्थित नेपाली राजदूत पदम सुन्दासलाई सगरमाथा आरोहणका बारेमा जानकारी गराएका छन् ।

सगरमाथा आरोहण दलमा बहराइन रोयल गार्डमा कार्यरत १३ जना बहराइनी र ३ जना बेलायतका नागरिकसहित १६ जना रहेको बहराइनस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सो टोली नेपालमा ७९ दिनसम्म बस्ने विज्ञप्तिमा भनिएको छ । सो टोलीले सन् २०२० मा नेपालका लोबुचे पिक र मनास्लु हिमालको पनि आरोहण गरेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप