चिकित्सकहरु भन्छन्ः बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार आएको छ
एजेन्सी । बेलायती राजकुमार फिलिपको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरुले जानकारी दिएका छन् । बेलायती महामारी एलिजाबेथ द्वितीयका श्रीमान् ९९ बर्षीय फिलिपलाई लामो समयदेखि मुटुसम्बन्धी समस्या भएकाले अहिले उपचार भइरहेको छ ।
उनको स्वास्थ्यमा सुधार भएकाले उनले सहज महसुस गर्दै जानुभएको बेलायती राजदरबार स्रोतले बिहीबार जनाएको छ । उनलाई सुरुमा भर्ना गरिएको अस्पतालबाट गत सोमबार अर्को अस्पतालमा स्थानान्तरण गरिएको थियो । झण्डै दुई हप्तादेखि लण्डनस्थित अस्पतालमा उपचार गराइरहेकोमा अपेक्षित सुधार नभएपछि उनलाई अर्को अस्पताल लैजानुपरेको अधिकारीहरुको भनाइ छ ।
लण्डनस्थित ‘किङ एडवार्ड सेभेन’ अस्पतालबाट उनलाई राज्यद्वारा सञ्चालित सेन्ट बर्थोलोमेज अस्पतालमा स्थानान्तरण गरिएको हो । त्यहाँ लगेको केही दिनमै उनको स्वास्थ्यमा सुधार आएको दरबारले नै जनाएको छ । राजकुमार फिलिपले आउँदो जुन १० मा १०० औँ जन्मोत्सव मनाउने तयारी छ । उनकी श्रीमती तथा महारानी एलिजाबेथ द्वितीय भने अहिले ९४ बर्ष भएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक
-
हैदरावाद बेंग्लुरुसँग ३५ रनले पराजित
-
प्रदेश प्रमुखलाई संसदको पत्र–मुख्यमन्त्रीसँग बहुमत छैन
-
जसपा कार्यकारिणी समितिको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा