कञ्चनपुरमा प्रहरीसँगको भिडन्तमा मारिने भारतीय नागरिक
बिहीबार, २० फागुन २०७७, २२ : १२
काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका-७ मा प्रहरी र तस्करबीच भिडन्तमा भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको छ ।
नेपाल-भारत सीमा नजिकै भएको भिडन्तमा भारतको पिलिभित-४ का २५ वर्षीय गोविन्द सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाले रातोपाटीलाई बताए ।
डिएसपी थापाका अनुसार तस्करको साथबाट प्रहरीले नक्कली नोट छाप्न प्रयोग हुने मेसिन र लागुऔषध बरामद गरेको छ ।
गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए ।
प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)
-
२०२४ अपाचेको आरटीआर १६० नेपालमा
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !