'काँग्रेसले इन्जुरी टाइममा गोल गर्छ, पोल बाहिर गोल जान दिदैनौँ'
नेपाली काँग्रेसले वर्तमान राजनीतिक विषयमा ठीक समयमा निर्णय लिने बताएको छ । विहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले निकासका विभिन्न पक्षमा छलफल गरेको थियो ।
काँग्रेसभित्र पुनःस्थापित प्रतिनिधिसभालाई कसरी उपयोग गर्ने भन्ने विषयमा पार्टी सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच फरक फरक मत रहदै आएको छ ।
सभापति, महामन्त्री लगायतका पदाधिकारीहरु काँग्रेस पक्ष निर्णायक हुने गरि परिवर्तित अवस्थाको उपयोग गर्ने पक्षमा छ भने रामचन्द्र पौडेल पक्ष सत्तारुढ नेकपाको ओली पक्ष बाहेकको शक्तिसँग मिलेर राजनैतिक निकास दिनुपर्ने भन्नेमा देखिएको छ ।
पदाधिकारी बैठकको अनिर्णयसँग काँग्रेसले राजनीतिक निकासका लागि सांसदहरुको धारणा लिने भएको छ । बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले संसदीय दलको बैठकमा सांसदहरुको विचार लिने र प्रतिनिधिसभाको बैठक बस्ने दिनसम्म विकसित हुने राजनैतिक घटनाक्रमलाई विश्लेषण गरेर मात्रै कांग्रेसले निर्णय गर्ने बताए ।
उनले भने, 'बैठकमा साझा धारणा बनाउने र ठीक समय आएपछि निर्णयमा पुग्ने सहमति भएको छ । समयमा ठीक ढंगले निर्णय गर्छ इन्जुरी टाइममा गोल गरेको भन्दा हुन्छ । अहिले हामी एक खालको मनोविज्ञानमा पुगेका छौ । तर ठोस निर्णय संसदीय दलको बैठकमा सांसदहरुको धारणाका साथ गर्छौ ।'
काँग्रेसले परिपक्व रुपमा संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्ने शर्माले बताए । 'अविश्वासको प्रस्तावको प्रस्तावकको रुपमा जान्छौ कि अगुवाई नै गरेर जान्छौ भन्ने कुरा । काँग्रेसले अपरिपक्व रुपमा होइन देश, संविधान र वर्तमान परिवेशलाई मध्येनजर गरी निर्णय गर्छ । गोल पोष्ट भित्रै गोल गर्ने गरि ठीक ढंगले राख्छौ । पोल बाहिर गोल जान दिदैनौँ । भोलि संसदीय दलको बैठक बस्छ र साथीहरुको धारणा राखेर ठीक समयमा ठीक निर्णय गर्छ,'उनले भने ।
काँग्रेसले सांसदहरुको धारणा लिन शुक्रबार संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार नै नेकपा प्रचण्ड माधव समूहले नेपाली काँग्रेसका पदाधिकारीसँग छलफल गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने
-
यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ