जनप्रतिनिधिलाई जनअपेक्षा अनुसार काम गर्न प्रदेश प्रमुख कलौनीको सुझाव
सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नागरिकको अपेक्षाअनुरूप काम गर्न नगरपालिकाका प्रतिनिधिहरूलाई सुझाव दिएका छन् ।
बिहीबार नगर विकास कोष प्रादेशिक कार्यशाला गोष्ठी कार्यक्रममा प्रदेश प्रमुख कलौनीले आफ्नो पालिकाको विकास र परिवर्तनको लागि जनप्रतिनिधिहरु दृढ संकल्पका साथ लाग्नुपर्नेमा जोड दिए ।
‘प्रचुर सम्भावना युक्त कर्णालीको विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी छ,’ उनले भने, ‘संघीयतासँगै नागरिकले स्थानीय तथा प्रदेश सरकारसँग निकै ठुला आशा गरिरहेका छन् । त्यसैले आफ्नो कार्यकालमा जनताको माग अनुरुप काम गर्न आवश्यक छ ।’
‘सुखी कर्णाली सुखारी कर्णालीवासी’को नारालाई सार्थक पार्न सबैले आ–आफ्नो तहतप्काबाट भूमिका निर्वाह गर्नुपर्नेमा पनि उनले जोड दिए । जनप्रतिनिधिहरु ऐक्यबद्ध भएर मात्र कर्णालीको समग्र विकास हुने कलौनीको तर्क थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विकास तथा व्यवस्थापन विज्ञ इन्जिनियर गजेन्द्र प्रसाद थपलियाले विगतमा समानता मुलक विकास नभएको टिप्पणी गरे । नेताहरुले आ–आफ्नो क्षेत्रको बारेमा मात्र सोच्ने प्रवृत्तिका कारण विकासको मेरुदण्ड समानता मुलक हुन नसकेको उनले बताए ।
उनले पहुँचका आधारमा विकास गर्ने परिपाटी अन्त्य हुन आवश्यक रहेको बताए ।
नगर विकास कोषका सञ्चालक समिति सदस्य तथा वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकालले हालसम्मको अवधिमा जन अपेक्षाकृत काम गर्न नसकेको स्वीकार गरिन् । उनले पालिकामा स्रोतको कमी भएका कारण पनि सोचेअनुसार काम गर्न नसकेको गुनासो गरिन् ।
नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगरपालिकाले आन्तरिक आय बढाउने खालका आयोजनाहरु छनोट गरेर लगानी गर्न सकिने बताए । ‘कोषले पूर्वाधारमा लगानी गर्न सक्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
-
आत्मकथा किताब बेचेर कारखाना सञ्चालन गर्दै महावीर पुन
-
डुङ्गाभित्र नब्बे किलो सिक्का !
-
म्याग्दीमा मगरात सभ्यताको अध्ययन अनुसन्धान गरिने
-
उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने
-
कम्युनिस्ट पार्टीमा आलोचनात्मक विचारलाई रोक लगाइयो : राम कार्की