
कञ्चनपुरमा प्रहरी–तस्करबीच भिडन्त, एकजनाको मृत्यु

काठमाडौं । कञ्चनपुरमा प्रहरी र तस्करबीच भिडन्त भएको छ । बेलौरी नगरपालिका–७ मा भिडन्त हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
गस्तीमा गएका प्रहरीलाई तस्करले फायर गरेपछि जवाफी फायर गरिएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले रातोपाटीलाई बताए ।
प्रहरीको गोली लागेर घाइते भएका भारतीय तस्कर समूहका एक जनाको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कंचनपुरका डिएसपी अमर थापाको टोली घटनास्थलमा जाँदैछन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ