शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओली समूहले बोलायो संसदीय दलको बैठक, प्रचण्ड-नेपाल पक्षलाई पनि निमन्त्रणा

बिहीबार, २० फागुन २०७७, २० : २२
बिहीबार, २० फागुन २०७७


काठमाडौं । नेकपा ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।


बैठकमा सहभागिताका लागि १७३ सांसदलाई एसएमएसमार्फत सूचना पठाइएको भट्टराईले बताए । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय लिएपछि नेकपाका सांसद दुई कित्तामा विभाजित छन् ।

नेकपा ८७ सांसद  प्रचण्ड  नेपाल पक्षसँग छन् भने ८३ जना ओली समूह खुलेका छन् । ओली पक्षले प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएसमार्फत बैठकमा आउन आमन्त्रण गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप