शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल–फ्रान्स विजनेश फोरम आयोजना हुने

बिहीबार, २० फागुन २०७७, १९ : १४
बिहीबार, २० फागुन २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सेली राजदूतावासको सहकार्यमा ‘नेपाल–फ्रान्स बिजनेस फोरम’ आयोजना हुने भएको छ । बिहिबार महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सका राजदूत फंस्वा–जाभिए लेजेबीचको भेटवार्तामा फोरम आयोजना गर्ने सम्बन्धमा छलफल भएको हो ।

उक्त भेटका क्रममा अध्यक्ष गोल्छा र राजदूत जेजेबीच आगामी जुन अघि नै फोरम राख्ने सहमति भएको छ ।  महासंघ र राजदूतावासको सहकार्यमा फोरम राख्ने र उक्त फोरम बैठकमा महासंघका तर्फबाट कोभिड पश्चात नेपालको आर्थिक अवस्था र नेपालमा लगानीको सम्भाव्यता विषयमा विस्तृत प्रस्तुति गर्ने सहमति भएको महासंघले जनाएको छ ।

सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिडपछि नेपालको अर्थतन्त्रले निकै छिट्टै लय समाउन थालेको बताउँदै नेपाल फ्रान्सबीच आपसी सहकार्यका क्षेत्रहरूको सम्भाव्यता अध्ययन गरी त्यस्ता क्षेत्रमा लगानी एवं सहकार्यको लागि भूमिका खेलिदिन राजदूत जेजेसँग आग्रह गरे । 

दुवै देशका निजी क्षेत्रबीच सम्पर्क विस्तारमार्फत मात्र नेपालमा फ्रान्सेली लगानी अभिवृद्धि, व्यापार विस्तार गर्न सकिने भन्दै यसमा जोड दिन समेत अध्यक्ष गोल्छाले जोड दिए ।  यता, फ्रान्सेली राजदूत लेजेले फ्रान्स र नेपाल बीचको आर्थिक एवम् व्यवसायिक सम्बन्ध विस्तारलाई थप मजबूत बनाउन आफुले निरन्तर पहल गरिरहेको बताउँदै अब पनि सो कार्यलाई निरन्तर जारिनै राख्ने प्रतिवद्धता जाहेर गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप