५ हजार एम्पुल लागु औषधसहित नागढुंगाबाट दुईजना पक्राउ
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट प्रहरीले ५ हजार एम्पुल लागुऔषधसहित दुई जनालाई पक्रेको छ । पक्राउ पर्नेमा पर्सा छिपरमाई गाउँपालिका–५ घर भएका ३५ वर्षीय उपेन्द्रकुमार र बारा सुवर्ण गाउँपालिका–७ घर भएका सोनुकुमार यादव छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले उनीहरुको साथबाट ५ हजार एम्पुल लागु औषध बरामद गरेको छ । बिहिबार पर्साबाट काठमाडौं आउँदै गरेको ना ६ख ६३७७ नम्बरको बसमा उपेन्द्रले लागुऔषध ल्याएका थिए । उनको साथबाट ७ सय एम्पुल नुर्फिन, ९ सय एम्पुल डाइजेपाम र ७ सय एम्पुल फेनारगन बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बुधवार वीरगञ्जबाट काठमाडौं आउँदै गरेको ना १ ज ७४५० नम्बरको सुमोमा सवार सोनुको साथबाट प्रहरीले २७ सय एम्पुल लागुऔषध बरामद गरेको छ । १९ वर्षीय सोनुको साथबाट ९ सय एम्पुल फेनारगन, ९ सय एम्पुल डाइजेपाम र सोही परिमाणमा नुर्फिन बरामद गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुलसनले लिए यूएईको दोस्रो विकेट, कुशल भुर्तेलको उत्कृष्ट क्याच
-
कांग्रेसलाई सभामुख धितालले भने– म रेफ्री हुँ, मिलाएरै लैजान्छु
-
मुख्यसचिव अर्यालसँग चार कूटनीतिज्ञले एकैपटक किन भेटे ?
-
‘खल्ती सुरक्षा प्लस’ : ७६० रुपैयाँमा ५ लाख ३० हजारको बिमा
-
हसिना खानले लिइन् पद तथा गोपनीयताको शपथ
-
सोमपालले लिए यूएईको पहिलो विकेट