शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको प्रेरणामा पोर्चुगलको विश्वकप छनौटको सपना कायम

आइतबार, २२ असोज २०७४, ०९ : ४५
आइतबार, २२ असोज २०७४

एन्डोरा । अतिरिक्त खेलाडीको रुपमा मैदान छिरेर गोल गर्दै क्रिस्टिायनो रोनाल्डोले पोर्चुगलको विश्वकपमा स्वतः छनौट हुने सम्भावना कायम राखेका छन् ।

युरोपेली विश्वकप छनौटको समूह बीको शीर्ष स्थानमा रहेको स्वीटजरल्याण्डले हंगेरीलाई ५–२ गोलअन्तरले पराजित गरेपछि पोर्चुगलले एन्डोरालाई हराउन आवश्यक थियो ।

पहिलो हाफपछि मैदान प्रवेश गरेका रोनाल्डोले ६३ औँ मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । पोर्चुगलका लागि उनको यो किर्तिमानी ७९ औँ गोल हो ।
खेलको अन्त्यतिर आन्द्रे सिल्भाले अर्को गोल गर्दै पोर्चुगलको जीत सुनिश्चित गरे ।

अब मंगलबार हुने अन्तिम खेलमा स्वीसलाई हराए पोर्चुगल स्वतः विश्वकपका लागि छनौट हुनेछ ।

स्वीटजरल्याण्डको तीन अंकको अग्रता भए पनि पोर्चुगलको गोलअन्तर स्वीटजरल्याण्डभन्दा राम्रो रहेको छ ।

निलम्बनबाट मात्र एउटा पहेँलो कार्ड टाढा रहेको कारण रियल म्याड्रिडका फरवार्ड रोनाल्डोलाई प्रशिक्षक फर्नान्डो सान्तोषले बेन्चमा राखेका थिए ।

मंगलबारको खेल जित्न नसके पोर्चुगल प्लेअफ खेल्न बाध्य हुनेछ । उक्ता ९ खेलमा ९ वटामा विजयी स्वीटजरल्याण्डलाई छनौट हुन मात्र १ अंक आवश्यक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप