मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कृषि मलको समस्या सधैंको लागि अन्त्य भयोः मन्त्री अर्याल

बिहीबार, २० फागुन २०७७, १३ : ५२
बिहीबार, २० फागुन २०७७

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले कृषि मलको समस्या सधैको लागि अन्त्य भएको बताएकी छन् । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अर्यालले मलको अभावमा किसानलाई परेको समस्यामा सधैको लागि अन्त्य भएको बताइन् ।

आफूले मन्त्रालय सम्हालेपछि तत्कालिन रुपमा समस्याको समाधानको रुपमा गरिएको व्यवस्थापन, मध्यकालीन समाधानको रुपमा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ति हुन थालेपछि मलको समस्या हटेको बताए । मन्त्रालयले दीर्घकालिन समाधानका लागि मल कारखाना स्थापना गर्ने गरि काम अगाडि बढेको मन्त्री अर्यालले बताइन् । मलको समस्या रहिरहन नदिन सातै प्रदेशमा मल भण्डारणको व्यवस्था गरिने पनि मन्त्री अर्यालले बताइन् ।

कृषि तथा पशुपंक्षी यस आर्थिक वर्षको आयातबाट २ लाख मेट्रिक टन मल आगामी वर्षको धान सिजनका लागि मौज्दात रहने भएकाले उक्त मौज्दातले साउनदेखि असोजसम्मको माग धान्ने मन्त्रालयले बताएको छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्था हुनगरि प्रथम चौमासिक अवधिमा ३ लाख मेट्रिक टन मल आपूर्तिको प्रक्रिया यहि महिनाबाट सुरु गरिने पनि मन्त्री अर्यालले बताइन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप