मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनौटबाट बाहिरने नजिक नेदरल्याण्ड

आइतबार, २२ असोज २०७४, ०९ : २०
आइतबार, २२ असोज २०७४

स्वीडेन । लक्जमबर्गलाई हराउँदै स्वीडेनले विश्वकपमा स्वतः प्रवेश पाउने सम्भावनलाई कायम राखेको छ भने नेदरल्याण्ड विश्वकपमा छनौटबाट बञ्चित हुने स्थितिमा पुगेको छ ।

लक्जम्वर्गलाई ८–० गोलको विशाल गोलअन्तरले हराउँदै स्वीडेन युरोपेली छनौट अन्तरगत समूह ए को दोस्रो स्थानमा कायम गरेको छ ।

तेस्रो स्थानमा रहेको नेदरल्याण्डभन्दा ३ अंकले अघि रहेको स्वीडेनको गोलअन्तर १२ रहेको छ ।

मंगलबार दुई टोली भिड्दै छन् । यस्तोमा नेदरल्याण्डलाई यो विशाल गोलअन्तर कम गर्न असम्भव जस्तै देखिएको छ । अन्तिम खेलमा नेदरल्याण्ड कम्तिमा ७–० गोलअन्तरले विजयी हुनुपर्नेछ ।

हिजै भएका अन्य खेला नेदरल्याण्डले बेलारुसलाई ३–१ ले हरायो भने फ्रान्सले बुल्गेरियालाई १–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा १ अंकको अग्रता कायम राखेको छ ।

मंगलबार बेलारुसलाई पराजित गरे फ्रान्स स्वतः विश्वकपका लागि छनौट हुनेछ ।

यदी फ्रान्सले अंक गुमाए त्यसको फाइदा स्वीडेनले उठाउन सक्नेछ । नत्र, स्वीडेनले प्लेअफ खेल खेल्न बाध्य हुनुपर्नेछ ।

सन् २०१० को विश्वकपमा दोस्रो र सन् २०१४ को विश्वकमा तेस्रो भएको नेदरल्याण्ड युरो २०१६ मा छनौट हुन पनि असफल भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप