बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेरि घट्यो सुनको मूल्य

बिहीबार, २० फागुन २०७७, १२ : ०७
बिहीबार, २० फागुन २०७७

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै रु एक हजारले ओरालो लागेको छ । 

तोलामा रु ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने रु ८६ हजार ५०० मूल्य निर्धारण भएको छ । 

त्यसैगरी बुधबार रु ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा रु ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

साथै बुधबार रु एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा रु एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप