मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फागुनमै प्रतिवन्ध, फागुनमै सहमति ! फागुनसँग ओलीको अनौठो संयोग

बिहीबार, २० फागुन २०७७, ११ : ३३
बिहीबार, २० फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र फागुनबीच अनौठो संयोग जुरेको छ । फागुनमा जन्मिएका ओलीले प्रधानमन्त्रीका रुपमा दोस्रो कार्यकालको सुरुवात फागुनमै गरेका थिए । ओलीले २०७४ फागुन ३ गते प्रधानमन्त्रीका रुपमा सत्ता सम्हालेका थिए ।

प्रधानमन्त्री ओलीले फागुनमै सिके राउतलाई मूल धारको राजनीतिमा ल्याएका थिए । तराई मधेसमा पृथकतावादी गतिविधि गर्दै आएका राउतलाई ओली सरकारले २०७५ फागुन २४ गते ११ बुँदे सहमति गर्दै राष्ट्रिय राजनीतिको मूल धारमा ल्याएको हो ।

यतिमात्र होइन, ओली सरकारले विप्लव समूहमाथि फागुनमै प्रतिबन्ध लगाएको थियो । २०७५ फागुन २८ गते सरकारले विप्लव समूहमाथि राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।

विप्लव समूहलाई ओली सरकारले फागुनमै सहमतिमा ल्याएको छ । दुवै समूहले फागुनमै वार्ता टोली गठन गरेका थिए भने २०७७ फागुन २० गते सरकारी वार्ता टोली र विप्लव समूहको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको हो । ओलीको मिर्गौला प्रत्यारोपण पनि फागुन मै भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप