बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यान्सरको कारण बन्न सक्छ सेनेटरी प्याड

बिहीबार, २० फागुन २०७७, ११ : १३
बिहीबार, २० फागुन २०७७

महिनावारी भएको समयमा महिलाहरुको गोप्य अंगमा चिलाउने, पोल्ने तथा अन्य समस्याहरु आउने गर्छ । योनी शरीरको सबैभन्दा संवेदनशिल अंग हो । त्यसैले यसको हेरचाह गर्न अन्यन्त जरुरी छ । 

विशेषगरी, महिनावारीको समयमा प्रयोग गरिने गलत प्याड, असुरक्षित यौनसम्पर्क, सरसफाईको कमिका कारण योनी चिलाउने, पोल्ने, इन्फेक्शन हुने, पिसाब पोल्ने र क्यान्सर समेत गराउने किटाणु पैदा हुने चिकित्सकहरु बताउँछन् । त्यसैले, महिनावारीको समयमा वा अन्य समयमा सफरसफाईसँगै प्रयोग गरिने प्याड पनि सुरक्षित हुन आवश्यक छ । 

हरेक महिलालाई महिनावारीको समयमा रक्तस्राव हुन्छ । तर कुनै महिलालाई महिनावारीको समयमा धेरै रगत बग्ने समस्या हुन्छ भने कसैलाई कम । यसको लागि सही प्याडको प्रयोग आवश्यक छ । 

हरेक महिलाको गोप्य अंगहरु संवेदनशिल हुन्छन् । सेनेटरी प्याड कटन र पिभिसी मेस सामाग्रीबाट बनेका हुन्छन् । कुनै महिलालाई नरम खालका सामाग्री प्रयोग गर्दा सहज हुन्छ र केहीलाई नेटलेड लेयर सामाग्री प्रयोग गर्दा सहज हुन्छ । त्यसैले आफ्नो छाला कस्तो प्रकारको हो सोही अनुसार सेनेटरी प्याडको प्रयोग गर्नुपर्छ । 

सेनेटरी प्याडका दुई प्रकारका हुन्छन् । दिउँसो प्रयोग हुने प्याड १७ देखि २५ सेन्टिमिटर लामो हुन्छ भने राति प्रयोग हुने ३५ सेन्टिमिटर लामो हुन्छ । जति लामो प्याड भयो उत्ति नै रगत सोस्ने क्षमता बढी हुन्छ । 

प्याडको प्रयोग गर्दा धेरैभन्दा धेरै रगत सोस्ने र योनी वरिपरि सुख्खा बनाइराख्ने हुनुपर्छ । 

यस्तै, योनीलाई सफा राख्न सधैँ प्याड परिवर्तन गर्नुअघि राम्रोसँग सफा गर्ने र टिस्युले पुछेर अर्को नयाँ प्याड लगाउनुपर्छ । सफा गर्दा साबुनको प्रयोग गर्नुहुँदैन । हल्का मनतातो पानीले सफा गर्दा उत्तम मानिन्छ । महिनावारीको समयमा यदि योनी चिलाउने, रातो हुने र पोल्ने समस्या आएको छ भने समयमा नै चिकित्सकको सल्लाह लिन आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप