‘विप्लव’का एक हजार बढी नेता कार्यकर्ता रिहा हुँदै
बिहीबार, २० फागुन २०७७, ११ : ११
काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका छन् ।
यसअघि विप्लव समूहले आफ्ना एक हजार बढी नेता कार्यकर्ता राज्यले नियन्त्रणमा लिएको बताउदै आएको थियो ।
सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत पर्नेछन् । सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने उल्लेख छ । साथै विप्लव समुहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने भएको छ ।
सरकारले दुई वर्ष अघि फागुन महिनामै हिंसात्मक गतिविधि गरेको भन्दै विप्लव समुहका गतिविधिमा प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौन अवधिअघि ओलीले भने–सुहाङ, अब संसद् भवनमै भेटौँला !
-
१३ जनालाई सहसचिवमा नियुक्ति गर्न सिफारिस
-
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
कतारी राजाको नेपाल भ्रमण : कूटनीतिक हिसाबले उपलब्धिमूलक, सम्झौताले खल्लो
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान