शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूह शान्तिपूर्ण राजनीतिमा, प्रतिबन्ध हटाउँदै राजनीतिक बन्दी रिहाइको सहमति

बिहीबार, २० फागुन २०७७, १० : ५९
बिहीबार, २० फागुन २०७७

नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । बिहीबार सरकारी पक्ष र विप्लव पक्षबीच भएको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । 

सरकारी पक्षसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाइएको छ । यस्तै राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने सहमति भएको छ

सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्धको घोषणा गरेका थियो । प्रतिबन्ध लगाएको दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ परेका २ हजार ६४ जनामध्ये १ हजार ९ सय ७४ जनालाई मुद्दा चलाइएको थियो भने मुद्दा दर्ता भएका मध्ये १ हजार ८ सय ६ जना छुटेका छन् । यस्तै १ सय ३६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप