शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२ वर्षपछि नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने

बिहीबार, २० फागुन २०७७, २३ : ४९
बिहीबार, २० फागुन २०७७

काठमाडौं । सरकार र विप्लव समूहबीच सहमति जुटेपछि प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।

सरकारी टोली र विप्लव समूहबीच भएको वार्तामा सहमति भएपछि विशेष समारोह गरेर उक्त सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो । विप्लव समुहले वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप