बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

२७३ जना अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण

बिहीबार, २० फागुन २०७७, १० : ०२
बिहीबार, २० फागुन २०७७

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ स्थित शारदा माध्यामिक विद्यालयमा बुधबार २७३ जना अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रदेश सरकारको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत विद्यालयको आयोजनामा विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

विद्यालयकी नर्स समीक्षा लामिछानेका अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ विद्यालयले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

डा. मुकेश कुमार श्रेष्ठ, सर्जन डा. सुन्दर कुमार श्रेष्ठ, दन्त विशेषज्ञ डा. स्वेच्छा शाह, डा. डोजेन्द्र बस्नेत लगायतको टोलीले शिविरमा १५३ जना महिला र १२० जना पुरुषलाई स्वास्थ्य सेवा प्रदान गरेको नर्स लामिछानेले जानकारी दिइन् ।

अभिभावकहरुले शिविरमा सुगर र प्रेसर, थाइराइड, मिर्गौला, मुटु, पेट, छाती दाँत, हाडजोर्नी र स्त्री रोग सम्बन्धी सेवा लिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप