बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लिङ्ग परिवर्तन गर्दै पुरुषबाट महिला भएकी सञ्जीवनीले पाइन् नागरिकता

बिहीबार, २० फागुन २०७७, ०९ : ५९
बिहीबार, २० फागुन २०७७

मकवानपुर । मकवानपुरमा तेस्रोलिङ्गी सञ्जीवनी लोप्चनले नागरिकता परिवर्तन गरेकी छन् । १४ वर्ष अगाडि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट पुरुषका रुपमा लिएको नागरिकता फिर्ता गर्दै उनले महिलाका  नाममा नागरिकता लिएकी हुन् ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–३ की ३१ वर्षीया लोप्चनले १४ वर्षअगाडी सजीव लोप्चनको नाममा लिएको नागरिकता फिर्ता गर्दै बुधबार जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट महिला (सञ्जीवनी) को नाममा नागरिकता लिएकी हुन् ।

आफू पुरुष भए पनि महिलासरहको चाहना आफूमा देखिएको महसुस भएपछि पुरुषको नाममा बनेको नागरिकता आफैलाई असुहाउँदो लाग्न थालेकाले नागरिकता परिवर्तन गरेको उनको भनाइ छ । धेरै कठिनाइको सामना गर्दै आफूले महिलाका रुपमा नागरिकता प्राप्त गरेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले नेपालको कानुनअनुसार लोप्चनको नागरिकता परिवर्तन गरेको बताए । लोप्चनले थाइल्याडबाट लिङ्ग परिवर्तन गरेको अस्पतालको प्रमाणपत्रका आधारमा नागरिकता प्रदान गरिएको गर्तौलाले बताए ।

यसअघि मकवानपुरबाट पहिलो पटक अजिता भुजेलले तेस्रोलिङ्गीका रुपमा नागरिकता प्राप्त गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप