शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सैफ र अमृताले किन तोडेका थिए १३ वर्ष लामो वैवाहिक सम्बन्ध ?

बिहीबार, २० फागुन २०७७, ०९ : ०८
बिहीबार, २० फागुन २०७७

बलिउड अभिनेता सैफ अली खान अहिले चौँथो सन्तानको पिता बनेका छन् । उनको पहिलो पत्नि अमृता सिंहबाट उनको दुई सन्तान छन् । सारा र इब्राहिम । यस्तै, उनको कान्छी पत्नि करिना कपूरबाट पनि दुई सन्तान भइसकेका छन् । 

सैफले अमृतासँग १३ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेर करिना कपूरसँग विवाह गरेका थिए । उनीहरुको सन् १९९१ मा विवाह गरेका सैफ र अमृताले सन् २००४ मा सम्बन्धविच्छेद गरेका हुन् । 

उनीहरुको प्रेम, विवाह र सम्बन्धविच्छेदको बारेमा आज पनि उत्तिकै चर्चा हुने गर्छ । सैफले आफूभन्दा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका थिए । 
मिडिया रिपोर्टका अनुसार पैसा र विवाहेत्तर सम्बन्ध नै यी दुईको सम्बन्ध टुट्नुको प्रमुख कारण हो । उनीहरुको झगडाको विषयमा अर्को युवतीसँग सैफको सम्बन्ध बन्दै गएपछि उनीहरुले सम्बन्धविच्छेद गरेका थिए । 

सैफले सम्बन्धविच्छेदपछि अमृतालाई ५ करोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप