रेलमार्गको अध्ययनमै अलमल
बिहीबार, २० फागुन २०७७, ०७ : २६
निकै चर्चा पाएका दुई रेलमार्ग काठमाडौँ-रक्सौल र केरुङ-काठमाडौँको विस्तृत अध्ययन अझै अघि बढ्न सकेको छैन ।
व्यापारिक रुपमा चीन र भारत जोड्ने भएकाले उक्त मार्गलाई महत्त्वपूर्ण रुपमा हेरिए पनि अध्ययनमा अलमल देखिएको हो ।
२०७७ कात्तिकमा भारतले कोभिडको जोखिम भए पनि आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर रक्सौल-काठमाडौँ रेलमार्ग विस्तृत अध्ययन गर्न तयार रहेको जनाउँदै रेल विभागलाई पत्र पठाएको थियो ।
भारतको कोँकण रेलवे कर्पोरेसनले चिठीमार्फत बोलाउनासाथ आउन तयार रहेको जनाएको थियो । उसले अध्ययनमा प्रयोग हुने मेसिन र जनशक्तिको संख्यासमेत पठाएको थियो । तर नेपालमा कोभिडको समय भन्दै आउन अनुमति दिएन । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते