शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य केन्द्रलाई एक अर्ब आठ करोड निकासा

बिहीबार, २० फागुन २०७७, ०७ : १५
बिहीबार, २० फागुन २०७७

काठमाडौँ । अर्थ मन्त्रालयले ३१३  वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य केन्द्रका  लागि एक अर्ब आठ करोड ५३ लाख रुपियाँ ससर्त अनुदान निकासा गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रका निर्माणाधीन  भवनहरूको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासा गर्न स्वीकृति दिएका हुन् ।

स्वास्थ्य केन्द्र  नरहेका हरेक स्थानीय तहका वडामा स्वास्थ्य केन्द्र  निर्माण  गर्ने सरकारी योजनाअनुसार अहिले दुई हजार ६२६ वडामा स्वास्थ्य  केन्द्र निर्माणको काम भइरहेको छ ।

अर्थ मन्त्रालयले  यस्ता स्वास्थ्य केन्द्र  निर्माणका लागि करिब ५८ अर्ब रुपियाँ स्रोत सुनिश्चित गरिसकेको छ ।

अर्थ  मन्त्रालयका प्रवक्ता  सुमन  दाहालले  चालू आर्थिक  वर्ष  २०७७/७८  मा  स्वास्थ्य केन्द्र  निर्माणका लागि चार अर्ब २० करोड रुपियाँ विनियोजन गरिएकोमा यसअघि  दुई  अर्ब  ६९  करोड  रुपियाँ  निकासा भइसकेको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप