शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
पत्रपत्रिका

सरकारमा जानेबारे काँग्रेसमा दुई धार

बिहीबार, २० फागुन २०७७, ०६ : ५१
बिहीबार, २० फागुन २०७७

सरकारमा जाने कि नजाने भनेर नेपाली काँग्रेसमा दुई धार देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एकै मञ्चबाट फरक–फरक धारणा अभिव्यक्त गरेका छन् । सभापति देउवा सरकारको नेतृत्व गर्नुपर्ने अवस्थामा त्यसबाट भाग्न नहुने पक्षमा देखिए । प्रतिपक्षमै रहेर अगाडि बढ्नुपर्ने पक्षमा देखिए वरिष्ठ नेता पौडेल ।

देउवाले आफूले प्रधानमन्त्री पद नखोजेको तर काँधमा आएको जिम्मेवारीबाट पछि नहट्ने बताए । देउवाले आफू प्रधानमन्त्री हुने कुरामा चिन्ता नगर्न पौडेललाई आग्रह गरे । ‘चिन्ता नगरे हुन्छ रामचन्द्रजी तपाईंले, म प्रधानमन्त्री भए पार्टीकै बन्ने हो । अरु पार्टीभन्दा आफ्नै पार्टीको भए तपाईंलाई पनि फाइदा होला, खुसी हुनुहोला भन्ने लाग्छ ।’

‘तपाईंले शेरबहादुर हुँदै नहोस् भन्ने चाहनुहुन्न होल जस्तो लाग्छ । अरु हुने शेरबहादुर हुँदै हुन्न भन्ने होला होला,’ देउवाले हाँस्दै भने, ‘सानो चित्त नगर्नुहोस् रामचन्द्रजी, विशाल हृदय राख्नुहोस् ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप