शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यानडम शैलीमा वजन उठाउँदै उज्ज्वल ठकुरीको विश्वकिर्तिमान

आइतबार, २२ असोज २०७४, ०८ : ४९
आइतबार, २२ असोज २०७४

न्युयोर्क । अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान) खेलाडी उज्ज्वल ठकुरीले नयाँ विश्व किर्तिमान कायम गर्न सफल भएका छन् । 

उनले गिनिज बुकमा रहेको भ्यानडम शैलीद्वारा अधिक वजन पुरुषहरुले उठाउने विधामा ५० केजी को रेकर्डलाई तोडेर ६३.५८ केजी उठाई नयाँ विश्व रेकर्ड कायम गरेका हुन् । 

ठकुरी हालै मात्र अमेरिकामा ‘हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड’ बाट सम्मानित भएका थिए । यो अमेरिकाको एउटा प्रसिद्ध पुरस्कार मात्र नभई अमेरिका भरि सर्वश्रेष्ठ खेलाडी चिनाउने पुरस्कार मानिन्छ।  

ठकुरीको जन्म काठमाडौंमा ४२ बर्ष पहिला भएको थियो । उनी काठमाडौंबाट अमेरिका १५ बर्ष अगाडी आएका थिए । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न अवार्डहरु प्राप्त गरिसकेका छन् । जसमध्ये वर्ल्ड टाईटल बेल्ट, वर्ल्ड च्याम्पियन बेल्ट, दुईवटा राष्ट्रिय स्वर्ण पदक, दुईवटा अन्तरराष्ट्रिय कप त्यस्तै गरि दुईवटा अन्तरराष्ट्रिय ट्रफी लगायत विविध विधाका स्वर्ण पदक जितिसकेका छन् । 

विश्व रेकर्ड कायम गर्न सफल ठकुरीले आगामी दिनमा अझै तिन किसिमको छुट्टा(छुट्टी विधामा विश्वकिर्तिमान कायम गर्न आफु हरदम प्रायसरत रहेको र त्यसमा सफलता मिल्नेमा पूर्ण विश्वस्त भएको पनि बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप