शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडामा बुधबारदेखि नगरकप भलिबल प्रतियोगिता

मङ्गलबार, १८ फागुन २०७७, १९ : २३
मङ्गलबार, १८ फागुन २०७७

हेटौंडा । हेटौंडामा बुधबारदेखि हेटौंडा उपमहानगरपालिकाव्यापी नगरकप पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा फागुन १९ गतेदेखि २२ गतेसम्म हेटौंडा उपमहानगरपालिकाका वडाहरूबीच अन्तरगत पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

२०७२ को विनाशकारी भूकम्पमा परी निधन भएका नेपाली खेलकुद क्षेत्रका सुपरिचित व्यक्तित्व केशवलाल श्रेष्ठले खेल क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप प्रतिष्ठानले विगत तीन वर्षदेखि हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्दै आएको छ ।

मंगलबार प्रतिष्ठानले हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा–४ लोकतान्त्रिक (हुप्र) चौरमा महिलातर्फ १० र पुरुषतर्फ १३ वटा टिमको सहभागितामा प्रतियोगिता सञ्चालन हुने जनाएको हो ।

प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः ५० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधिगत उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

कुल ६ लाख रुपैयाँ लागतमा सञ्चालन हुने खेलमा हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार र प्रदेश खेलकुद विकास परिषद्ले ३० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको आयोजकले जानकारी दिएको छ । अपुग रकम भने अन्य स्रोत परिचालन गरि संकलन गर्ने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले खेलको उद्घाटन गर्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप