शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोल्याण्डका नेपाली व्यवसायीको हत्यामा २ भारतीय दोषी ठहर

मङ्गलबार, १८ फागुन २०७७, १२ : ५१
मङ्गलबार, १८ फागुन २०७७

शेरबहादुर परियार,  पोल्याण्ड । पोल्याण्डमा सन् २०१८ डिसेम्बर २६ मा नेपाली व्यवसायीको हत्या गर्ने २  भारतीयलाई यहाँको अदालतले दोषी ठहर गरेको छ।

 नेपाली व्यवसायी ३७ वर्षीय इश्वर श्रेष्ठलाई आफ्नै एभरेष्ट रेस्टुरेन्टमा काम गर्ने दुई भारतीय नागरिकले हत्या गरेको प्रहरी अनुसन्धानले प्रमाणित गरेको छ । वारसास्थित प्रागा जिल्ला अदालत समक्ष हत्याको आरोप स्वीकारेपछि  अदालतले उनीहरूलाई क्रमश: १० वर्ष र ८ वर्षको जेल सजाय सुनाएको हो।

 कामदार र मालिक बिच भएको आन्तरिक बिबादका कारण श्रेष्ठलाई ती दुई भारतीयले गलबन्दीले घाटीमा बेरेर हत्या गरेको र हत्या पछि स्वयं श्रेष्ठको टाेयाटा कारमा शव राखेका थिए। प्रहरीले श्रेष्ठको शव ३ दिन पछि सन् २०१८ को डिसेम्बर २९ तारिख स्थानीयको सहयोगमा फेला पारेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप