नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा १ जना पक्राउ, २ फरार
मङ्गलबार, १८ फागुन २०७७, ११ : ०२
नुवाकोटको तारकेश्वरबाट बलात्कार प्रयास आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको बेनीघाट घर भएका १६ वर्षीय युवक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । यस्तै प्रहरीले दुई जना फरार रहेको भन्दै उनीहरुको खोजीकार्य भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिका २ स्थित बगुवामा १४ गते राति तीन जना युवाले युवतीलाई बलात्कार प्रयास गरेका थिए ।
पीडितले दिएको उजुरीको आधारमा १ जनालाई पक्राउ गरिएको प्रवक्ता हरि बहादुर ओलीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेकाले धेरै कुरा बोल्न नमिल्ने बताउँदै भने, ‘पीडित पक्षले जबर्जस्ती करणी उद्योगमा मुद्धा दर्ता गराएसँगै १ जनालाई पक्राउ गरिएको छ । थप कुरा अनुसन्धानकै प्रक्रियामा रहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल