बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

७७ फिट लामो यो सर्पबाट तपाईंको पनि नजर हट्ने छैन

मङ्गलबार, १८ फागुन २०७७, १० : ०१
मङ्गलबार, १८ फागुन २०७७

धेरैजसो मानिसहरुका लागि स्नोम्यान बनाउन नै मुश्किल हुन्छ तर अमेरिकाको कोलोराडो प्रदेशमा एक परिवारले बरफको एउटा ठूलो सर्प बनाएका छन् जसबाट धेरै मानिसहरुको नजर हटिरहेको छैन ।

मन मूजली र उनका पाँच भाइ बहिनीले १० घण्टा लगाएर यो विशालकाय बरफको सर्प बनाएका छन् ।

यसअघि सन् २०१९ मा पनि यो परिवारको स्नो आर्ट चर्चित भएको थियो । त्यतिबेला यो परिवारले बरफको एउटा शानदार बाघ बनाएका थिए जसलाई स्थानीय मिडियामा असाध्यै देखाइएको थियो ।

उनीहरुले यसपटक जुन सर्प बनाएका छन् त्यसको लम्बाई ७७ फिट (२३ मिटर) छ र मूजलीले यसलाई आफ्नो आमाको घरको बगैँचा अगाडि बनाएका छन् ।

सोसल मिडियामा एउटा भिडियो सेयर गरिँदै छ जसमा मन मूजलीको समूहले यो सर्प बनाउन कति मिहिनेत गरिएको छ भनेर देखाइएको छ ।

यो समूहले सुरुमा सर्पको आकार बनायो, त्यसपछि त्यसमा स्प्रे पेन्टले रङ भरे र सेडिङ गरे ।

उनीहरुले बीबीसीसँग भने, ‘जब हामी साना थियौं तब हाम्रा पिताले हामीसँग मिलाएर यस्तो बनाउने गर्नुहुन्थ्यो । हामी रमाइलो गर्नका लागि यस्ता चिज बनाउने गर्छौं ।’

वरिपरिबाट हिँड्ने मानिसहरु र छिमेकीहरु बरफको यो ठूलो सर्प देखेर चकित परेका छन् ।

मूजली भन्छन्, ‘उनीहरु तस्बिर खिच्नका लागि रोकिने गर्छन् ।’

उनीहरुको फेसबुक पेजमा थुप्रै मानिसहरुले उनीहरुले बनाएको बरफको सर्प देखेको र उनीहरुले परिवारको उत्कृष्ट कामको तारिफ गरेका छन् ।

एक व्यक्तिले कमेन्ट गरे, ‘तपाईंहरुले अर्को वर्ष के बनाउँदै हुनुहुन्छ भनेर हेर्नका लागि एक वर्षको प्रतीक्षा गर्न गाह्रो भइरहेको छ ।’

सन् २०१९ मा मन मूजलीको परवारले बरफको बाघ बनाएका थिए । यसका लागि उनीहरुले निकै प्रशंसा बटुलेका थिए र यो तस्बिर स्थानीय मिडियामा अत्यधिक छाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप